बालुवाटारका सुरक्षाकर्मीले नचिनेको भन्दै केपी ओलीलाई बालुवाटार छिर्न रोक

सुरक्षासम्वन्धी मन्त्रालय माओवादीलाई नदिन प्रधानमन्त्री झलनाथ खनाललाई दबाव दिन बालुवाटार पुगेका एमाले नेता केपी शर्मा ओली सहितका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।


मन्त्री विष्णु पौडेल र सचिव शंकर पोखरेललाई लिएर मंगलबार राती आठवजेतिर बालुवाटार पुगेका नेता ओलीलाई सुरक्षाकर्मीले भित्र प्रवेशमा रोक लगाएका हुन् ।