अर्घाखाँची टाईम्स सँग कुराकानी गर्दै युवासंघ नेपालका अध्यक्ष बस्नेत द्वारा माओवादीलाई गृह दिएर कार्यकर्तालाई निराश नबनाउन आग्रह

अर्घाखाँची डट्कम् -अर्घाखाँची टाईम्ससँग समयसन्धर्भमा कुराकानी गर्दै युवासंघ नेपालका अध्यक्ष महेस बस्नेत ले माओवादीलाई गृह दिएर कार्यकर्तालाई निराश नबनाउन पार्टी अध्यक्ष तथा प्रधान मन्त्री झलनाथ खनाल लाई आग्रह गरेका छन। आज दिउस फोन मार्फत गरिएको कुराकानिका आधारमा यो समाचार तयार पारीएको हो।
 
संस्थापन पक्षले माओवादीलाई गृह र परराष्ट्र मन्त्रालय दिन सहमति गरिसक्दा एमाले भातृ संगठन युवा संघ नेपालमा भने पक्ष र बिपक्षमा बिबाद चुलिएको छ ।


संस्थापन पक्षका युवाले प्रधानमन्त्रीलाई भेटेर खुट्टा नकमाउन र सात बुादे सहमति कार्यन्वयन गर्न सुझाव दिएको केही दिन नवित्दै ओली पक्षधर नेताहरुले सात बुँदे सहमति कार्यान्वयन नगर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनाललाई दवाव दिएका छन् । यसअघि संस्थापन पक्षका युवा नेताहरुले छिटो कार्यान्वयन गरेर मन्त्रिपरिषद विस्तार गर्न आग्रह गरेका थिए ।


ओली पक्षका युवा संघ अध्यक्ष महेश बस्नेतले सात बुँदे सहमतिको नाममा एकीकृत नेकपा माओवादीलाई गृह मन्त्रालय दिन नहुने बताए।