काठमाडौं – नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले एकीकृत नेकपा माओवादीसँग भएको सात बुँदे सहमतिप्रति असन्तुष्टि जनाउनु भएको छ । सात बुँदे सहमतिले बृहत लोकतान्त्रिक गठबन्धन तोडिएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको हो ।
जेनेभाबाट आज स्वदेश र्फकनु भएका महासचिब पोख्रेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सात बुँदे सहमति परिमार्जन हुनुपर्ने बताउनुभयो ।



