काठमाडौ । काठमाडौंबाट प्राप्त समाचार अनुसार बाक्लो हुस्सुका कारण काठमाडौको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । भिजिविलिटी नभएका कारण बाह्य र आन्तरिक सबै उडान प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय विमान स्थलले उडान भर्न समस्या रहेको भन्दै १० बजेसम्मका लागि उडान स्थगन गरेको छ । १० बजे अगाडि हुने २ दर्जन भन्दा बढी उडान बन्द भएपछि सयौ यात्रुहरु विमानस्थलमै रोकिएका छन् ।
लगातारको वर्षापछि आज बिहानैबाट बाक्लो हुस्सीले राजधानी घप्लक्कै ढाकिएको छ।