लहान – लहानबाट प्राप्त समाचार अनुसार परीक्षार्थीलाई कडा गर्ने केन्द्रमा राख्न नहुने माग गर्दै रोयल सफ्टटेक कलेजका विद्यार्थीले पूर्व-पश्चिम राजमार्गको लहान खण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। झडप जारी छ।
सडक खुलाउन खोज्दा अवरोध सिर्जना गर्ने विद्यार्थीहरुलाई प्रहरीले लाठिचार्जसमेत गरेको छ। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको सो कलेजको ११ कक्षाको परीक्षा केन्द्र जेएस मुरारका क्याम्पसमा राखिएको थियो।
केन्द्र सार्नुपर्ने माग गर्दै विश्वविद्यालयको विराटनगर कार्यालयमा पनि तालबन्दी गरी उनीहरुले नाराबाजी गरिरहेका छन्।