– जीवन भण्डारी
नेपाल एफ.एम काठमान्डौ
नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुरानै प्रणाली अनुसार नै गराउन त्रिभुवन विश्वविद्यालयलाई दवाव दिएको छ । संघले आज विश्वविद्यालयका उपकुलपति डा माधव शर्मालाई ज्ञापन पत्र बुझउदै पुरानै प्रणाली अनुसार नै निर्वाचन गराउन दवाव दिएको हो। संघका अध्यक्ष प्रदिप पौडेलेको नेतृत्वमा उपकुलपतिको कार्यालयमा गएको टोलीले अखिल क्रान्तिकारी यसअघि पनि पुरानै प्रणाली अनुसार नै निर्वाचनमा सहभागी भइसकेकाले अहिले पनि त्यही अनुसार निर्वाचन गराउन दवाव दिएको संघका केन्द्रिय सदस्य हिमाल श्रेष्ठले जानकारी दिनु भयो ।
नेविसंघले स्ववियु निर्वाचनका लागी तत्काल तयारी सुरु गर्न समेत सुझाव दिएको श्रेष्ठले बताउनु भयो । जवाफमा उपकुलपति शर्माले निर्वाचनका लागी सवै विद्यार्थी संगठनहरु तयार भए विश्वविद्यालयले निर्वाचन गराउने बताउनु भयो ।उहाले निर्वाचनका लागी विद्यार्थी संगठनहरुले नै निर्वाचनको बातावरण गराउनु पर्नेमा जोड दिनु भएको थियो । स्ववियु निर्वाचन प्रणाली समानुपातिक वा प्रत्यक्ष हुने भन्ने विषयमा विद्यार्थी संगठनहरुका विचमा विवाद रहदै आएको छ।