काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार सत्तारुढ एमालेले ७ बुँदे सहमति कार्यान्वयन नगरेसम्म माओवादी सरकारमा नजाने भएको छ । गृह मन्त्रालयको दाबी गर्दै आएको माओवादीले यसअघि नै पूर्वसहमति कार्यान्वयन नगरेसम्म सरकार बाहिर रहने निर्णय गरेको हो ।
बिहीबार बसेको माओवादी स्थायी समिति बैठकले सहमति कार्यान्वयन नगरेसम्म माओवादी सरकारमा नजाने पूर्व निर्णयलाई यथावत राखेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
एमालेले सात बुँदे सहमतिप्रति पुनःप्रतिबद्धता जनाएपछि सरकारमा जाने निर्णय गरेको माओवादीले ‘प्रतिबद्धता व्यवहरमा लागू नभएको’ भन्दै सरकार बाहिर बस्ने निर्णय गरेको छ ।



