प्रधानमन्त्री झलनाथ खनालद्वारा मन्त्रिमण्डल विस्तार हुन नसक्दा स्थिति गम्भीर बन्दै गएको उल्लेख

काठमाडौ । प्राप्त समाचार अनुसार नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले नेकपा -एमाले)को आज बसेको स्थायी कमिटी बैठकमा मन्त्रिमण्डल विस्तार हुन नसक्दा स्थिति गम्भीर बन्दै गएको बताउनुभएको छ ।


उहाँले यथाशीघ्र मन्त्रिमण्डल विस्तारको कार्यलाई अघि बढाउनुपर्ने धारणा बैठकमा राख्नुभएको बैठकपछि पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


विज्ञप्तिमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खनालको नेतृत्वमा गठित चार सदस्यीय वार्ता कमिटीले मन्त्रिमण्डल विस्तार तथा मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणसम्बन्धी विभिन्न पार्टीसँग वार्तापछि यथाशीघ्र मन्त्रिमण्डल विस्तार गरिने जनाइएको छ ।