प्रेम, सम्बन्ध,जीवनका गीत गाउने विख्यात गायक ब्रायन एडम्सको स्वरले आज काठमाडौं गुन्जँदै LIVE



होटल सोल्टीमा गायक एडम्स ।

 


सोल्टीबाट ट्विट गरे- ‘नेपाल आउने हामी पहिलो ब्यान्ड’

 
Bryan Adams




Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible? Follow http://twitter.com/#!/bryanadams

काठमाडौं – प्रेम, सम्बन्ध र जीवनका गीत गाउने विख्यात क्यानडेली रकस्टार ब्रायन एडम्स शनिबार साँझ हुने सांगीतिक कार्यक्रममा भाग लिन अपरान्ह काठमाडौं आएका छन् । उनी निजी विमानबाट अपरान्ह २.२० मा त्रिभूवन विमानस्थलमा उत्रिएका थिए ।

गायक एडम्बर त्रिभूवन विमानस्थलबाट सिधै सोल्टी होटल गएका छन् । सन् ८० को दशकदेखि गीत र स्वरले विश्व संगीतमा आफूलाई सधैं उचाइमा राख्दै आएका गायक एडम्ब ढाकाबाट काठमाडौं आएका हुन् । विश्वकप क्रिकेट उदघाटनमा उनी बंगलादेश गएका थिए ।

ब्रायनले साँझ ८ बजेदेखि दुई घन्टा डेढ दर्जनजति गीत दशरथ रंगशालामा गाउने छन् । गत वर्षदेखि ‘ब्रायन एडम्स लाइभ फुल ब्यान्ड’ नामको विश्वयात्रामा रहेका यी गायकले केही दिनयता भारत र बंगलादेशमा प्रस्तुति दिएका छन् ।

शनिबारको रात राजधानीको सोल्टी होटलमा बस्ने क्यानडेली गायक आइतबार बिहान पर्वतीय उडानमा जाने सम्भावना छ । पर्यटन वर्ष सुरु भएको केही सातामै नेपाल आउने सबैभन्दा उच्चकोटीका यी पाहुना सौखिन फोटोग्राफर पनि हुन् ।