इनरुवा – इनरुवाबाट प्राप्त समाचार अनुसार कांग्रेसका नेता बलबहादुर केसीले तोकिएको मितिमै संविधान बन्न नसक्ने निश्चित भइसकेको बताएका छन् । अहिलेको संविधान सभाबाट तोकिएको समयमा नयाँ संविधान बन्न सक्ने कुनै पनि विश्वसनीय आधार नभएकाले अब संविधानसभाको म्याद थप्ने वा नयाँ निर्वाचनमा जानुपर्ने विकल्पका बारेमा सोच्नुपर्ने बताए ।
प्रजातन्त्र दिवसका अवसरमा सुनसरीको इनरुवामा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले वर्तमान सरकार अपवित्र गठबन्धनबाट बनेकाले समस्याको निकास दिन नसक्ने ठोकुवा गरे ।
कांग्रेसमा पदाधिकारी चयन हुन नसकेको प्रति उनले सबै कार्य समिति त्यसको जिम्मेवार रहेको बताए । उनले पदाधिकारी चयनमा सभापति मात्र होइन सिंगो कार्य समिति नै जिम्मेवार भएको टिप्पणी गर्दै केसीले अब चाँडै पदाधिकारी चयन विश्वास व्यक्त गरे ।



