नयाँ दिल्ली – भारतले नेपालसहित विश्वका ४८ अति कम विकसित मुलुकहरुका लागि लाखौं डलर बराबरको विशेष कोष स्थापना गर्ने तथा सहुलियत ऋण बढाउने घोषणा गरेको छ । शुक्रबार यहाँ सुरु अति कम विकसित मुलुकहरुको समूह एलडीसी र भारतबीचको दुई दिने मन्त्रीस्तरीय बैठक उद्घाटन गर्दै भारतीय विदेशमन्त्री एस एम कृष्णाले त्यस्तो घोषणा गरेका हुन् । नेपाल, उक्त समूहको अध्यक्ष मुलुक हो ।
उक्त घोषणा अनुसार, एलडीसी समूहका प्रत्येक मुलुकमा विकास सम्बन्धी कार्यक्रम तथा योजनाका लागि ५० लाख अमेरिकी डलर बराबरको विशेष कोष स्थापना हुनेछ । पाँच वर्षका लागि भनिएको उक्त कोष मार्फत उपलब्ध हुने राशि भारत र सम्बन्धित अतिकम विकसित मुलुकबीच जारी द्धिपक्षीय सहयोगमा थप हुने बताइएको छ ।
टर्कीको इस्तानबुलमा तीन सातापछि हुन लागेको एलडीसी समूहको चौथो सम्मेलनले लिने निर्णय कार्यान्वयनमा सहयोग पुरयाउने उद्देश्यले कोष स्थापना गर्न लागिएको मन्त्री कृष्णाले जानकारी दिए । सोही सम्मेलनको तयारी स्वरुप भारत र एलडीसी समूहका मुलुकहरुबीच पहिलोपटक मन्त्रीस्तरीय बैठक बसेको हो ।
यसैगरी भारतले एलडीसीका सदस्य मुलुकका कार्यक्रम र योजनाहरुमा खर्च गर्ने गरी आगामी पाँच वर्षका लागि ५० करोड अमेरिकी डलर बराबरको सहुलियत क्रृण अर्थात् लाइन अफ क्रेडिट उपलब्ध गराउने भएको छ । सन् २००३ यता भारतले नेपालसहित एलडीसी मुलुकहरुलाई ४ अर्ब ३० करोड डलर बराबर त्यस्तो क्रृण उपलब्ध गराइसकेको छ ।
भारतले ती मुलुकका लागि प्रत्येक वर्ष भारतीय प्राविधिक तथा वित्तिय सहयोग कार्यक्रम अन्तर्गत अतिरिक्त पा