पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घर मर्मत गरिरहेका तीन जना मजदुरको ढिस्कोले पुरिएर मृत्यु

काठमाडौ – काठमाडौबाट प्राप्त समाचार  अनुसार पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुर बाडेगाउँस्थित निवासमा मर्मतको काम गरिरहेका तीन जना मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अन्य दुई जना गम्भीर छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सन्दिप घलाल, भालु लामा र कान्छा तामाङको मृत्यु भएको हो । ललितपुरका प्रहरी उपरीक्षक बिक्रमसिंह थापाले पर्खाल निर्माण गर्ने क्रममा मजदुरहरु ढिस्कोले पुरिएको बताए ।

दुईजनालाई जिवितै उद्धार गर्न सकिएको उनले जनाए । अठ फिट गहिरोमा पर्खालको जग हाल्ने काम गरिरहेका बेला माथिबाट झरेको ढिस्कोले मजदुरहरु पुरिएका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए ।