झापा – झापाबाट प्राप्त समाचार अनुसार यातायात व्यवसायीहरुले सहकर्मीमाथि भएको कुटपीटको विरोधमा मेची राजमार्ग अनिश्चितकालीन बन्द गराएका छन् ।
आइतबारदेखि राजमार्ग अनिश्चितकालीन बन्द गराएका व्यवसायीहरुले अपरीचित समूहले शनिबार राँकेमा बस चालकलाई कुटपीट गरेको विरोधमा राजमार्ग बन्द गराएका हुन् ।
सुरक्षाको ग्यारेन्टी र दोषीलाई पत्ता लगाई कारबाही नभएसम्म बन्द जारी राख्ने व्यवसायीहरुले जानकारी दिएका छन् । यातायात बन्दका कारण राजमार्गमा यात्रु तथा सर्वसाधारण अलपत्र गरेका छन भने शैक्षिक संस्था, कलकारखाना, व्यापार व्यवसाय, तथा सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ ।