अफगानिस्तानका राजधानी काबुलको पूर्वी भागमा आज बिहान एउटा बम विस्फोट भएको छ। अफगानिस्तानको गृह मन्त्रालयका अनुसार, अफगानिस्तानद्बारा आयोजित सैनिक अभ्यासमा सो बम विस्फोट भएको हो। सो विस्फोटबाट कुनै पनि सर्वसाधारण हताहत भएका छैनन्, तर पनि काबुलका जनताले सो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
अफगानिस्तानका गृह मन्त्रालयका अधिकारीले सो बम विस्फोट प्रहारको घटना नभई, सैनिक अभ्यासमा भएको बम विस्फोट हो भन्नुभयो।
अफगानिस्तानका राजधानी काबुलमा यस वर्षको जनवरी महिनाको 28 तारिखका दिन एउटा बजारमा भएको बम विस्फोट भएको थियो। त्यसपछि स्थानीय जनताले बम विस्फोटसम्बन्धी घटनाप्रति चिन्ता व्यक्त गरेका थिए।
हाल अफगानिस्तानको परिस्थिति अस्थिर छ, उत्तरी भागको कुन्दुज प्रान्तमा हिजो दिउँसो भएको एउटा बम विस्फोटमा कम्तिमा एकतीस जनाको मृत्यु हुनुका साथै अरु उनान्चालीस जना घाइते भएका छन्।



