पोल्यान्डले यस वर्ष अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने

पोल्यान्डले यसवर्ष अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने भएको खबर हालै प्राप्त भएको छ। यसै वर्षभित्र पोल्यान्डेली सेना अफगानबाट हटाउने इच्छा पोल्याण्‍डका राष्ट्रपति ब्रोनिस्ल कोमोरोस्कीले व्यक्त गर्नुभएको हो।उक्त कुरा त्यहाँका राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुखले गत सोमबार बताउनुभएको हो।

                          पोल्याण्डले आफ्ना सेना यसैवर्ष अफगानबाट स्वदेश फर्काउने कुराको घोषणा त्यहाँका राष्ट्रपतिले लिस्बनमा भएको उत्तर एटलान्टिक काउन्सिलको बैठकमा गर्नुभएको हो। सेना फिर्ता गरिने कुरामा पोल्याण्डका जनताको भित्री चाहना, परिस्थितिको विश्लेषण र अफगानको सैन्य परिस्थिति हुन सक्ने कुरा पनि समाचारमा जनाइएको छ।