बारा – सहकर्मी हत्याको बिरोधमा बाराका सबै सरकारी कार्यालयहरु बुधबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । मालपोत कार्यालयमा नायब सुब्बा रहेका माधव थापाको मंगलबार साँझ हत्या गरिएको थियो ।
सुरक्षाको माग गर्दै कर्मचारीहरुले सबै कार्यालय ठप्प पारेका छन् । कर्मचारीहरुको बुधबार बिहान बसेको बैठकले मृतक परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक जनालाई रोजगारीको व्यवस्था गरिनुपर्ने, मालपोत कार्यालयमा मृतक थापाको शालिक बनाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।
यसैबीच भूमिसुधार मन्त्रालय मातहतका मुलुकभरका सबै कार्यालयहरुमा बिहान १० देखि १२ बजेसम्म दुई घण्टा काम रोकिएको छ । घरमा टिभी हेरेर बसिरहेका बेला थापालाई दुई जना व्यक्तिले गोली हानी भागेका थिए ।