लिवियाका नेता गद्दाफीद्वारा कुनै पनि हालतमा पद नत्याग्ने टेलिभिजन घोषणा, प्रदर्शनकारीहरुले गद्दाफीको राजिनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन जारी

Protesters chant anti-government slogans in the ...

 

त्रिपोली – सयौंको मृत्यु हुने गरी सुरक्षाफौज र प्रदर्शनकारीबीच भिडन्तपछि हजारौं विदेशीले लिबिया छाड्न खोजिरहेका छन् ।

राजधानी त्रिपोली शान्त देखिए पनि रातभर भिडन्तका कारण त्रास  फैलिएको छ । शासक कर्णेल मुअमर गद्दाफीले आन्दोलनका क्रममा आफू भागेका समाचारहरू अस्वीकार गरेका छन् । उनले विदेशी न्युज च्यानललाई ‘कुकुर’ भनेका छन् । क्षतिग्रस्त एक भवनबाहिर सरकारी टेलिभिजनसँग कुराकानी गर्दै उनले भने, ‘म त्रिपोलीमै छु, भेनेजुएलामा होइन ।’ उनी काराकासतिर उडेको हल्ला चलेको थियो ।

धेरै देशले लिबियाबाट आफ्ना नागरिक फर्काइरहेका छन् । तेल कम्पनीका कामदारहरू अन्यत्र सारिएका छन् । इजिप्टले लिबियाको सीमानजिक आफ्नो सेनाको संख्या बढाएको छ । प्रदर्शनका घाइतेको उपचारका लागि फिल्ड अस्पताल निर्माण गरेको छ ।  सर्वसाधारणमाथि आक्रमण मानवताविरुद्ध अपराध भएको राष्ट्रसंघीय मानवअधिकार प्रमुख नाभी पिल्लेले बताए । लिबियाको पछिल्लो अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल गरिने भएको छ । अरब लिगले पनि आकस्मिक बैठक बोलाएको छ ।

त्रिपोलीमा प्रदर्शनकारीमाथि सैन्य विमानले गोली प्रहार गरेका छन् । राष्ट्रसंघस्थित लिबियाली कूटनीतिज्ञ इब्राहिम दब्ासीले ‘नरसंहारबाट’ लिबियालाई जोगाउन अन्तर्राष्ट्रिय हस्तक्षेपको आग्रह गरे । विदेशी पत्रकार कडा नियन्त्रणबीच  रिपोर्टिङ गरिरहेका छन् । धेरै सूचनाहरू पुष्टि गर्न गाह्रो छ ।

गद्दाफी छोटो र अनौठो रूपमा देखा परे पनि उनले मुलुकको परिस्थितिबारे सम्बोधन नगरेपछि सर्वसाधारण आक्रोशित छन् । उनले आफूले फैलाएको डर, त्रिपोली र बेंगाजीमा बम आक्रमणका लागि दिएको आदेशबारे केही बोलेनन् ।  ‘हामी उनलाई त्रिपोलीमै रहेको हेर्न र उसले गरेको कामको मूूल्य तिराउन चाहन्छौं,’ त्रिपोलीस्थित एक स्थानीय बासिन्दाले भने । मान्छेहरू त्रासले घरमै बसिरहेका छन् । पसलहरू बन्द छन् । सडकमा केही कार मात्र देखिन्छन् । पेट्रोल र खाद्यान्नका लागि  लामो लाम देखिन्छन् ।

संवेदनशील क्षेत्रमा सेनाको ठूलो उपस्थिति छ, खासगरी कूटनीतिक नियोग रहेको स्थानमा । दोस्रो ठूलो सहर बेंगाजीमा आफ्नो नियन्त्रणमा आएको भन्दै प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । त्यहाँ प्रहरी, सेना र सरकारी अधिकारीको उपस्थिति देखिँदैन । बेंगाजी र पूर्वी क्षेत्रका केही स्थान आफ्नो नियन्त्रणबाहिर रहेको सरकारले पनि स्विकारेको छ ।

लिबियाली सीमा सुरक्षा गार्ड फिर्ता गरेपछि मुख्य सीमा सलुममा थप फौज पठाएको इजिप्टको सत्तारुढ सैन्य परिषद्ले बताएको छ । सीमाका करिब १० हजार नागरिक हिंसाका कारण अन्यत्र गएका छन् । इजिप्टका हजारौं नागरिक लिबियाबाट फर्किएका छन् । इजिप्टले आफ्ना नागरिक ल्याउन कम्तीमा ४ वटा विमान पठाउने भएको छ । तर विदेशमन्त्री अहमद अबोल घेइतले बेंगाजीस्थित विमानस्थल क्षतिग्रस्त भएको बताए । उडान अनुमतिका लागि समस्या देखिएको छ । ‘करिब १० देखि १५ लाखको संख्यामा हाम्रा नागरिक लिबियामा छन्, हामीले उनीहरूलाई घरमै रहन, सडकमा नस्किन, खाना र पानीको जोहो गर्न सल्लाह दिएका छौं,’ उनले भने ।

यसैबीच, दक्षिण कोरियाली कम्पनीमा काम गर्ने ३ सय विदेशी निर्माण मजदुरलाई आन्दोलनकारीले दार्नाहमा नियन्त्रणमा लिएका छन् । जसमध्ये १ सय बंगलादेशी छन् । लिबियामा रहेका दक्षिण एसियालीमा ५० हजार बंगलादेशी, १८ हजार पाकिस्तानी, १८ हजार भारतीय र २ हजार नेपाली छन् ।

चीनले लिबियालाई आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । सयौं चिनियाँ निर्माण मजदुर अज्दाबियामा छाड्न लगाएको समाचार प्रकाशित भएका थिए । टर्कीका तीनवटा जहाज आफ्ना करिब ३ हजार नागरिक फर्काउन बेंगाजी पठाएका छन् । एक हजारको उद्धार गरिएको छ ।

इटालीले एउटा जहाज पठाउने भएको छ । इटालीका करिब १ हजार ५ सय नागरिक लिबियामा छन् । अमेरिकाले जरुरी नभएका बाहेक सबैलाई लिबिया छाड्न आग्रह गरेका छन् । बेलायतको विदेश मन्त्राललयले आफ्ना नागरिकलाई सकेसम्म छाड्न सुझाव दिएको छ । ३ हजार ५ सयमध्ये अधिकांशले यसअघि नै छाडिसेका छन् ।

तेल कम्पनी रोयल डच सेलले आफ्ना कर्मचारी अस्थायी रूपमा अन्यत्र सारिएको बताएको छ । बेंगाजीमा सर्वसाधारणले नै सहर सञ्चालन गर्न समिति निर्माण गरिएको प्रत्यक्षदर्शी अहमद बिन ताहिरले बताए ।

दक्षिण एसियाका हजारौं कामदार लिबिया छोड्न तयारी गरिरहेका छन् । आवश्यक परेमा लिबियामा रहेका ५० हजार कामदार फर्काउने योजना बनाएको बंगलादेशी विदेशमन्त्री दिपु मोनीले बताए । भारत, पाकिस्तान र नेपाल सरकारले घटनाको नजिकबाट अनुगमन गरिरहेको बताएका छन् । दक्षिणी एसियाली अधिकांश निर्माण मजदुरको रूपमा काम गर्छन् । त्रिपोलीस्थित आफ्नो दूतावासले सूचना र सहयोगका लागि नियन्त्रण कक्ष बनाइएको भारतीय विदेशमन्त्रीले बताए । पाकिस्तानले भने तत्काल कुनै ठोस योजना बनाएको छैन ।

राजनीतिक बन्दी छाड्न आदेश

मानामा- बहराइनमा राजा हमादले राजनीतिक बन्दी छाड्न आग्रह गरेका छन् । तर, हजारौंले  उनको शासन अन्त्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सरकारविरोधी आन्दोलनकारीको मुख्य माग विपक्षी बन्दीलाई छाड्नु थियो । उनीहरूले साताको अधिकांश समय राजधानी मानामास्थित पर्ल स्क्वायरमा नियन्त्रण गर्दै आएका

छन् । विपक्षी पार्टीहरूले मंगलबार प्रदर्शनका लागि आह्वान गरेका छन् । यो उनीहरूको आन्दोलनमा पहिलो औपचारिक आह्वान हो ।

आफ्नो माग पूरा नभएसम्म वार्ता नगर्ने अडान विपक्षीहरूको छ । केही प्रदर्शनकारीले राजा हमाद विन इसा अल खलिफाको राजीनामा माग गरेका छन् । गत सातादेखि भइरहेको आन्दोलनमा सुरक्षाफौजले दमन गर्दा ७ जना मारिएका छन् । आन्दोलन मत्थर पार्ने रणनीतिअनुसार शनिबार भने सुरक्षाकर्मीलाई सडकबाट फिर्ता बोलाएको छ । हमादले १२ वर्षदेखि शासन सम्हालेका छन् ।


 


 

फेरी लिवियाका नेता मूआम्मार गद्दाफीले सरकारी टेलिभिजनमा बोल्दै कुनै पनि हालतमा पद नत्याग्ने घोषणा गरेका छन।

 

नेता मूआम्मार गद्दाफीले एक क्रांतिकारी हुँ, राष्ट्रपति होइेन भन्दै आफ्नै देशमा सहिद भएर मर्ने जस्ता अनेकौ भनाइहरु आफ्नो ७५ मिनेट लामो सरकारी टेलिभिजनमा बोल्दै उक्त कुरा व्यक्त गरेका छन ।

 


 

यसअघि लिवियाका नेता मूआम्मार गद्दाफीले आफु देश छाडेर भागेको भन्ने खबरहरुलाई अस्वीकार गरेका थिए। सरकारी टेलिभिजनमा बोल्दै उनले विदेशी च्यानलहरुले भ्रामक र झूठो खवरहरु फैलाएको आरोप लगाउँदै विदेशी संचार माध्यमहरुको आलोचना गरेका छन्।

 



 

यसअघि बेलायतका विदेशमन्त्रि विलियम हगले  गद्दाफीले देश छाडी भेनेजुएलातर्फ लागेको सूचना प्राप्त भएको बताएका थिए।

 

उता लिवियामा प्रदर्शनकारीहरुले नेता गद्दाफीको राजिनामाको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्। देशब्यापी रुपमा फैलिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा सयौ  मानिसहरुको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। प्रदर्शन राजधानी टि्रपोलीमा पनि शशक्त बनेपछि देश पूर्ण रुपमा तनाव र हिंसामा परिणत भएको छ।

 

 Ss downgrades Libyas debt rating ...

 

प्रदर्शनकारीहरुले राजनैतिक, आर्थिक र सामाजिक सुधार नभएका कारण आफूहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रन बाध्य भएको जनाएका छन्।

 

केहीदिनदेखि छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शाशन गरेका शाशकलाइ सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।

 

यसैविच सुरक्षाकर्मीहरुले प्रर्दनकारीहरुलाइ निर्ममतापूर्वक दमन गरेको घटनालाइ लिएर अमेरिका लगायत अन्तरराष्ट्रिय समुदायले लिविया सरकारको कडा आलोचना गरेका छन्।