संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्द्बारा लिबियाको परिस्थितिबारे जरुरी बैठकको आयोजना

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले लिबियाको परिस्थितिबारे जरुरी बैठकको आयोजना गरी तत्काल हिंसात्मक गतिबिधि बन्द गर्न र सर्वसाधारणको उचित माँगको समाधान गर्न लिबिया सरकारलाई आह्वान गरेको छ।

                         सुरक्षा परिषद्को वर्तमान अध्यक्ष तथा संयुक्त राष्ट्र संघका लागि ब्राजिलका आबासीय प्रतिनिधि मारिया लुइजा भिओट्टीले सुरक्षा परिषद्का सदस्यहरुको तर्फबाट लिबियाको परिस्थितिमा निकै ध्यान दिनुका साथै हिंसात्मक गतिबिधिको पनि निन्दा गर्नुभयो। साथै सयौं सर्वसाधारणको मृत्यु भएकोमा खेद लागेको पनि उहाँले बताउनुभयो।

                         यसका अतिरिक्त, सुरक्षा परिषद्ले धीरतालाई कायम राखी मानव अधिकार तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनी-प्रस्तावको सम्मान गर्न लिबियाको सत्तारुढ प्रशासनलाई पनि आव्हान गरेको छ।