काठमाडौं – काठमाडौबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री चयन भएको अवसरमा शुभकामना आदानप्रदाद गर्न एमाले अध्यक्ष झलनाथ खनालले बालुवाटारमा पार्टी केन्द्रीय नेता, सभासदलगायतलाई रात्रिभोज दिएका छन् ।
साँझ भन्डै तीन घन्टा चलेको भोजमा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अधिकांश केन्द्रीय नेता, सभासद, सल्लाहकार समूह, पार्टी कार्यालयका कर्मचारीलगायत सहभागी थिए ।
स्थायी समिति सदस्य केपी ओली भने गएनन् । सहभागी एक नेताका अनुसार उनले अर्को कार्यक्रम पहिल्यै तय भएको जानकारी दिएका थिए । गत साता प्रधानमन्त्री निवास गएका बेला भित्र छिर्न नपाएपछि ओलीले बालुवाटार नजाने उदघोष गरेका थिए । त्यसपछि गएका पनि छैनन् ।



