भक्तपुर । भक्तपुरबाट प्राप्त समाचार अनुसार आगामी चैत १० गतेदेखि सुरु हुने प्रवेशिका (एसएलसी) परीक्षाका लागि मुलुकभर एक हजार ६७५ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्ष मुलुकभरबाट पाँच लाख पाँचजना परीक्षार्थी एसएलसीमा सहभागी हुने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले आज जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयले यसवर्ष एसएलसी परीक्षाका लागि झन्डै ४२ लाख उत्तरपुस्तिका छपाइ गरेको छ । विद्यार्थीका लागि फलामे ढोका मानिनेे एसएलसी परीक्षा चैत १८ गतेसम्म चल्नेछ ।
परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री अधिकांश जिल्लामा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
गत वर्षसम्म विदेशमा छपाइ हुँदै आएको प्रश्नपत्र यस वर्षदेखि सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइएको छ ।