राष्ट्रपति रामवरण यादव कुवेतको स्वतन्त्र दिवस अवसरमा आयोजित कार्यक्रममा भाग लिन भोलि त्यसतर्फ जाने

काठमाडौ – राजधानी काठमाडौंबाट प्रसारण हुने नेपाली टिभीहरुले समाचारमा जनाए अनुसार राष्ट्रपति रामवरण यादव कुवेतको स्वतन्त्र दिवस अवसरमा आयोजित कार्यक्रममा भाग लिन शुक्रबार त्यसतर्फ जाने भएका छन् । कुवेती अमिर शेख सवा चतुर्थ अल अहमद अल जवर अल सवालको निमन्त्रणामा राष्ट्रपति भ्रमणमा निस्कन लागेका हुन् । अमिरले पठाउने विशेष विमानबाट राष्ट्रपति यादव त्यसतर्फ जाने भएका छन् ।

कतार एयरवेजबाट जाँदा राति हुने र विभिन्न मुलुकका राष्ट्राध्यक्षका लागि गरिने स्वागत कार्यक्रम सकिइसक्ने भएकाले अमिरले पठाउने विमानलाई स्वीकार गरिएको जानकारी राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपानेले दिए ।

यादवसाथ छोरी अनिता, राष्ट्रपति कार्यालयका सचिव न्यौपाने, परराष्ट्र सचिव मदन भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्टसहित १४ जना छन् । उनी शनिबारको कार्यक्रममा सहभागी भई आइतबार स्वदेश र्फकने छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवका लागि कतार एयरवेजको टिकट बुकिङ गरिसकिएको

थियो । तर कुवेतका राष्ट्रप्रमुखले नेपालका पहिलो राष्ट्रपतिलाई आफंैले स्वागत गर्न तीव्र इच्छा व्यक्त गर्दै विशेष विमान पठाउने अनुरोध गरेपछि मात्रै त्यसमा जाने तय भएको हो ।

 कुवेतले शनिबार ५० औं राष्ट्रिय दिवस, २० औं स्वतन्त्र दिवस र वर्तमान राजा राजगद्दीमा बसेको दसौं वर्षगाँठको तीनवटा अवसर पारी विशेष समारोह गर्दै छ । नेपालले कुवेतमाथि इराकी हस्तक्षेपविरुद्ध सबैभन्दा पहिला आवाज उठाएकाले प्रमुख प्राथमिकताका साथ राष्ट्रपति यादवलाई निमन्त्रणा गरिएको जानकारी सरकारी अधिकारीले दिए ।