कांग्रेसद्वारा माओवादी- एमालेको सात बुँदे सहमति खारेज गर्न पुन जोड

समाचार  अनुसार सात बुँदेबारेको अन्योलका कारण माओवादीलाई सरकारमा सहभागी हुन अप्ठेरो परेको छ

सरकारको नेतृत्व गरेको दल एमालेले सात बुँदे सहमतिको थप व्याख्या गरेपनि उक्त सहमति खारेज नभएसम्म कम्तीमा सरकारमा सहभागी हुनेबारे राष्ट्रिय सहमति बन्न नसक्ने प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ।


नेकपा एमाले र माओवादीबीचको गठबन्धन निर्माण गर्न सहायक भनिएको उक्त सहमतिमाथि एमालेभित्रैबाट पनि फरक व्याख्या भएको थियो।

 

नयाँ सरकार बनेपछि पहिलोपटक विहिबार बसेको तीन मुख्य दलबीचको बैठकमा प्रतिपक्षी कांग्रेसले एमालेले गरेको व्याख्यामात्र पर्याप्त नहुने बताएको छ।

उसै त एमालेभित्रैबाट सात बुँदेको फरक, फरक व्याख्या भएपछि सशंकित माओवादीलाई, कांग्रेसको अडानले थप अप्ठेरोमा पारेको ठानिएको छ।


बैठकपछि बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भने,