सिरहामा युवकको हत्या घटनामा संगलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ

– शुभ नारायण यादब

 

सप्तरी – सिरहाको भवानीपुर ९प्र।ध।० गाविस। १ धनगडाका ३५ वर्षिय मोह्मद यकुको हत्या घटनामा संगलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेका छन् ।


पक्राउ पर्नेहरुमा भवानीपुर प्र।ध १ का वर्ष २० का मोह्मद अकरुम, सोही ठाउँका मोह्मद महबुब राइन, हनुमाननगर प्र।ध। ७ का सुरत चौधरी र धनगडि २ बस्ने वर्ष ४५ का रामलखन साह छन् । उनीहरुलाई प्रहरीले गएराती नै पक्राउ गरेका हुन् । पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय लहानमा राखिएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।


मोह्मद यकु र स्थानीय सागरलाल चौधरी गएराती एउटै मोटरसाइकलमा धनगडीबाट आफ्नो घर धनगडा जाँदै गरेका बेला कुडवा हुनमानगर नजिक बाटो ढुकेर बसेको ३/४ जनाको समूहले उनीहरुमाथि गोली प्रहार गरेको थियो ।

 

युवकको छाती र टाउकोमा दुई गोली लागेको इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी सहायक निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।


सहायक निरीक्षक थापाका अनुसार उनीसँगै रहेका स्थानीय सागरलाल चौधरीलाई भने टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट घाइते भएको चौधरीको लहान अस्पतालमा उपचार भइरहेको छ । मृतक यकुको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको लहान प्रहरीले जनाएको छ ।