
काठमाडौ – प्राप्त समाचार अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले माओवादी र एमालेबीच भएको सात बुँदे गोप्य सम्झौता कुनै पनि हालतमा लागू हुन नसक्ने दाबी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको शुक्रबार कलैयामा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुई पार्टीले गरेको सम्झौता कहिले पनि लागु नहुने बताए । माओवादी लडाकुलाई छुटै फोर्समा नभई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीमा छरिएर समाहित गर्नु पर्ने विचार समेत उनले व्यक्त गर ।

राज्यको सम्पुर्ण सत्तामा मधेसको साझेदारी हुनुपर्छ भन्दै उनले मधेसीको सिट आरक्षित गर्नु पर्ने कुरामा जोड दिए । तीन दलले न जनताको जिम्मेवारी बुझेको छ न जनताको पिर मर्का नै बुझेको भन्दै उनले अब जनताले तीन दललाई मन पराउन छोडेको बताए ।




