काँग्रेस सभापति सुशिल कोइरलाद्वारा छ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्य समितिमा मनोनयन

काठमाडौ – प्राप्त समाचार  अनुसार नेपाली काँग्रेसका सभापति सुशिल कोइरलाले शनिबार छ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्य समितिमा मनोनयन गरेका छन् । अव काँग्रेस केन्द्रीय पदाधिकारी तथा सदस्यको संख्या ८० पुगेको छ ।

काँग्रेस मुख्य सचिव बसन्तकुमार गौतमका अनुसार मनोनित हुनेहरुमा सल्यानका डिल्लीराज रेग्मी, पाल्पाका राजनप्रसाद पन्त, झापाका केशवकुमार बुढाथोकी, महोत्तरीका रामचन्द्र तिवारी, भोजपुरका श्रीमती लक्ष्मी राई र सुनसरीका श्रीमती मीना सुब्बा रहेका छन् ।