नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघको ६६ औं महासभा अध्यक्षमा कुलचन्द्र गौतम पराजित

न्युयोर्क – प्राप्त समाचार  अनुसार  नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघको ६६ औं महासभा अध्यक्षमा कुलचन्द्र गौतम पराजित भएका छन् ।

 

न्युयोर्कस्थित नेपाली नियोगका नायब स्थायी प्रतिनिधि शंकर बैरागीले अध्यक्षमा कतारका अब्दुल अल नासेर चयन भएको जानकारी दिए ।  जित्ने र हार्नेले कति-कति मत ल्याए, बताइएको छैन । यसबारे आधिकारिक जानकारी दिने चलन छैन ।

 

नेपाललाई भारत, चीन, जापान, दक्षिण कोरियालगायतले समर्थन जनाए पनि अरब राष्ट्रहरू कतारका पक्षमा एकजुट भएका थिए ।