सात-बुँदे सहमति गरेर प्रधानमन्त्री चुन्न सफल भएयता एमाले र माओवादीबीच कयौ भेटवार्ता भएपनि मन्त्रीपरिषद विस्तारको अन्योल जारी

– सात-बुँदे सहमति गरेर प्रधानमन्त्री चुन्न सफल भएयता बाक्लै भेटवार्ता गरेपनि एमाले र माओवादीले सरकार विस्तार गर्न भने सकेका छैनन्।


प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार विहान भएको एक्लाएक्लै भेटपछि माओवादी सरकारमा सामेल भइहाल्ने र तत्काल त्यसो हुन नसक्ने परस्परविरोधी धारणा बाहिर आएका छन्।


प्रधानमन्त्री खनालका सहयोगीहरुले सके आइतबार नत्र सोमबारसम्म माओवादी सरकारमा सामेल हुने बताएपनि माओवादीले भने तत्काल त्यसको कुनै संभावना नरहेको दोहोर्‍याएको छ।


दुइ दल बीचको असहमतिले गर्दा सरकार विस्तार हुन नसकिरहँदा प्रधानमन्त्री निवास बालुवाटार पुगेर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री खनालसँग एक्लै भेटेका थिए।


त्यस भेटमा प्रधानमन्त्री खनालसँग गृह मन्त्रालय राख्ने गरी माओवादी सरकारमा सामेल हुन सहमत भएको प्रधानमन्त्रीका राजनीतिक सहयोगी प्रकाश ज्वालाले बताएका छन्।


उनले भने,