निलम्वनमा परेका सद्भावना पार्टीका नेताहरुद्वारा अध्यक्ष राजेन्द्र महतोको अकूत सम्पत्तीको छानविन गर्न अख्तियार समक्ष माग

सर्लाही । प्राप्त समाचार  अनुसार निलम्वनमा परेका सद्भावना पार्टीका नेताहरुले अध्यक्ष राजेन्द्र महतोको अकूत सम्पत्तीको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष माग गरेका छन् ।


शनिबार सर्लाहीको लालबन्दीमा आयोजित पत्रकार सम्मेलनमा सद्भावनाका निलम्वित महासचिव अनिल कुमार झा र विदेश विभाग प्रमुख देवेन्द्र यादवले यस्तो माग गर्नु भएको हो ।


पार्टीको तर्फबाट पटक पटक मन्त्री भै सकेका महतोले पार्टीलाई संस्थागत रुपमा विकास गर्नुको सट्टा अनियमितता गरेर व्यक्तिगत रुपमा सम्पत्ति थुपारेको उहाँहरुको आरोप थियो ।


आफूहरुलाइ पार्टी अध्यक्ष महतोले मनोमानी ढंगले निलम्वन गरेको प्रति कार्यकर्ताहरुबाट देशव्यापी रुपमा विरोध भईरहेको पनि उहाँहरुले दाबी गर्नुभयो ।