– लामो समयसम्म मन्त्रिमण्डल विस्तार गर्न नसकेका प्रधानमन्त्री झलनाथ खनालको अप्ठेरो फुकाउन उनकै पार्टी नेकपा एमालेले अस्वीकार गरेको छ।
सात बुँदे सहमतिबारे गरिएको पुनर्व्याख्या सहितको पूर्वअडानमा रहेर सरकार गठन गर्नको लागि माओवादीसंग निर्णायक वार्ता गर्ने स्थायी समितिले निर्णय गरेको उनले बताए।
माओवादीले चाहिं सात बुँदेको नयाँ व्याख्या गोलमटोल रहेकोले त्यसको आधारमा सरकारमा सहभागी हुन नसकिने बताइसकेको छ।
प्रधानमन्त्री झलनाथ खनालले एकजना उपप्रधान र दुईजना बिना विभागीय मन्त्रीहरुको साथ लिएर चलेको केही साता बितिसकेको छ।
संसदको सबैभन्दा ठूलो दल माओवादीको समर्थन पाएका र दुई तिहाइ बहुमत समेत पक्षमा रहेको भन्दै नियुक्त भएलगत्तै दंग परेका उनलाई मन्त्रिमण्डल विस्तार गर्नै फलामको च्युरा चपाएजस्तो भएको छ।
आफ्नो यो अप्ठेरोलाई बुझिदिन उनले गरेको अनुरोधलाई आइतबार उनकै पार्टीको स्थायी समितिले फेरि अस्वीकार गरिदियो।



