सरकारलाई पूर्णता दिने विषयमा माओवादी सकारात्मक, औपचारिक निर्णय लिन बाँकी

काठमाडौ – प्राप्त समाचार  अनुसार सरकारलाई पूर्णता दिने विषयमा माओवादी सकारात्मक देखिएको छ । मंगलबार बिहान बसेको पार्टी स्थायी समितिको बैठकमा सरकारमा सहभागितको विषयमा सकारात्मक छलफल भएको छ । बैठकमा सबै सदस्य उपस्थित नभएकाले औपचारिक निर्णय लिन बाँकी रहेको छ ।

समाचार  अनुसार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको बताए । ‘सातबुँदे कार्यान्वयन हुनुपर्ने अडानमा हामी कायम छौं,’उनले भने-‘तथापी,सरकारमा सहभागतितका विषयमा सकारात्मक छलफल भएको छ । सबै सदस्य उपस्थित नभएकाले बैठक निर्णयमा पुग्न नसकेको हो ।’

माओवादीले स्थायी समिति बैठकलाई जारी भनेको छ । बुधबार पुनः बैठक बसी सरकारमा सहभागितको विषयमा औपचारिक निर्णय गर्नेछ । गृह मन्त्रालयमा एमाले र माओवादीको आ-आफ्नै दावीका कारण झलनाथ खनाल प्रधानमन्त्री भएको एक महिना पुग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।