संविधान सभा विघटन हुन नसक्ने सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको बताउदै जनमोर्चा नेपालले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं – संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार  संविधान सभाबाट पारित भएको नयाँ संविधान लागू नभएसम्म संविधान सभा विघटन हुन नसक्ने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको बताउदै जनमोर्चा नेपालले फैसलाको विरोधमा देशव्यापी आन्दोलन गर्ने बताएको छ ।


राजधानीमा पत्रकार सम्मेलन गरी जनमोर्चा अध्यक्ष दानबहादुर विश्वकर्माले निश्चित कार्यकाल तोकेर संविधान सभा गठन भएको बताउदै सर्वोच्चको फैसलाले संविधान सभाको कार्यकाल असिमित र अनन्त हुन पुगेको जिकिर गरे । उनले भने फैसलाले यथास्थितिलाई पक्षपोषण गर्दै मुलुकलाई दुर्घनातिर धकेल्छ । यदि फैसला नसच्याउने हो भने आन्दोलनको विकल्प छैन ।


मोर्चाका महासचिव साध्यबहादुर भण्डारीले सर्वोच्चले ६०१ सभासदहरुलाई अमर रहुन उनीहरुले जहिले संविधान बनाए पनि फरक पर्दैन भन्दै मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । भण्डारीले मुलुकलाई जोगाउन सवै राजनैतिक दल पेशागत संगठन नागरिक समाज वौद्धक वर्ग र युवा विद्यार्थीलाई सर्वोच्चको फैसला विरुद्ध एक जुट हुन आव्हान गरेकाछन् ।


गैर आवासियय नेपालीलाई कुनै पनि हालतमा दोहोरो नागरिक्ता दिन नहुने बताउदै मोर्चाले सरकारले दाहेारो नागरिक्ता दिने निर्णय गरे कुनै पनि हालतमा लागु गर्न नदिने जनाएको छ ।