काँग्रेसका संस्थापक नेता एवम पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थिति गम्भीर

काठमाडौँ । संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार  नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थिति गम्भीर बनेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार मस्तिष्कमा अक्सिजनको कमी भएका कारण पूर्वप्रधानमन्त्री भट्टराई अहिले अचेत हुनुहुन्छ ।


पूर्वप्रधानमन्त्री भट्टराई श्वासप्रश्वास, मिर्गौला र मुटुको समस्याबाट पीडित भई गत माघ २९ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना हुनुभएको थियो ।


उक्त अस्पतालका चिकित्सक भरत रावतले श्री भट्टराईलाई भेन्टिलेटरमा राख्ने वा नराख्ने भन्ने निर्णय भइनसकेको बताउनुभयो ।


उहाँका अनुसार किशुनजीले लेखेर चिकित्सकहरुसँग सम्वाद गर्न चाहनु भए पनि त्यसो गर्न सक्नु भएको छैन ।