न्यूजिल्याण्डको भूकम्पमा परी मर्नेहरुको संख्या बढेर एक सय उनान्साठी

न्यूजिल्याण्डमा मार्च एक तारिख राति अबेरम्मको खोज कार्यपछि थप चार जनाको शव पाइएको छ। अहिलेसम्म न्यूजिल्याण्डमा गएको भूकम्पमा परी मर्नेहरुको संख्या बढेर एक सय उनान्साठी पुगेको छ।

               न्यूजिल्याण्डको प्रहरीले खोज कार्य अघि बढ्ने क्रममा मृतकहरुको संख्या दुई सय चालीससम्म पुग्ने अनुमान गरेको छ।

                हालसम्म भूकम्पबाट प्रभावित क्षेत्रको पुन:निर्माण कार्यमा केही प्रगति हासिल भएको छ। क्रिस्टचर्च शहरका सत्तसठी प्रतिशतका परिवारहरुले खाने पानीको सुविधा पुन: पाएका छन् भने शहरको मुख्य राजमार्ग पनि पुन:संचालनमा आएको छ।