दक्षिणी अफ्गानिस्तानमा पर्ने हेल्मान्ड प्रान्तमा चार जना अफ्गान प्रहरीको लाश फेला

दक्षिणी अफ्गानिस्तानमा पर्ने हेल्मान्ड प्रान्तमा चार जना अफ्गान प्रहरीको लाश फेला परेको खबर छ।

               प्राप्त समाचारअनुसार फेब्रुअरी 28 तारिखका दिन आठ जना प्रहरी एउटा जाँच केन्द्रमा बेपत्ता भएका थिए।सोही दिन चार जनाको लाश भेटिएको हो।

               सोही दिन दक्षिणी अफ्गानिस्तानमा नेटोको एक जना सैनिकलाई बिद्रोही तत्वले मारेको थियो। फेब्रुअरी 28 तारिखका दिन पूर्वी क्षेत्रमा उत्पन्न भएको एउटा बम आक्रमणबाट अरु दुई जना सैनिकको पनि मृत्यु भएको थियो।