भारतले अनाधिकार प्रवेश गरेका भनी पक्रेका चालिस जना श्री लङ्काली माझीलाई मङ्गलबार रिहा गरेको श्री लङ्काको सम्बन्धित मन्त्रालायले जनाएको छ ।
भारतीय तट रक्षकले 46 जना माझी सहित अरु आठ जनालाई श्रीलङ्काली नौ सैनिकको जिम्मा लगाएको हो । त्यसैगरी पक्रेका अरु माझीलाई यही आउंदो शुक्रबार रिहा गर्ने भएको छ ।
हाल दुबै देशका माझीहरू अनाधिकृत रुपमा एक अर्काको देश प्रवेश गर्ने गरेको कारणले हाल दुई देशबीच तनाव उत्पन्न भएको छ ।
गत महिना श्री लङ्काले 136 जना भारतीय माझीलाई पक्रेको र धेरै पटकको द्विपक्षीय छलफलपछि मात्र रिहा गरेको थियो साथै जनवरी महिनामा श्रीलङ्काली नौ सैनिकले दुई भारतीय माझीलाई मारेको आरोप लगाएको छ भने श्री लङ्काले सो को खण्डन गरेको छ ।



