आज माओवादीका चार जना मन्त्रीहरुको सपथ

काठमाडौ – काठमाडौँबाट प्राप्त समाचार अनुसार   माओवादीले पहिलो चरणमा चार जनालाई मात्र सरकारमा पठाउने भएको छ । सत्तासाझेदारीमा ११ वटा मन्त्रालय पाएपनि मन्त्रीहरुको छनौटमा पार्टी भित्र आन्तरिक विवाद बढेपछि स्थायी समिति बैठकले चार जनाको नाम मात्र टुङ्गो लगाएको छ ।

शुक्रबार बिहान बसेको बैठकले कृष्णबहादुर महरालाई सूचना तथा संचार, टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण,खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले महराको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको थियो । देव गुरुङ र गरिराजमणि पोखरेललाई पनि सरकारमा पठाउने निर्णय गरिएपनि उनीहरुलाई कुन मन्त्रालय दिने विषयमा निर्णय गरिएको छैन । अन्य व्यक्तिका विषयमा निर्णय हुन नसकेपछि बाँकी मन्त्रालयका लागि माओवादीले तत्काल नाम चयन गरेको छैन । माओवादीबाट पहिलो चरणमा चार जनाले मात्रै सपथ लिने छन् ।

यसअघि बिहीबार नै प्रधानमन्त्रीलाई मन्त्रीको सूची पठाउने तयारी भएपनि पार्टी भित्र विवाद चर्कैपछि हुन सकेन । अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री हुन चाहने नेतहरुले आफ्नो पक्षमा चर्को दवाब दिइरहेका छन् ।