पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाखण्डको लखनपुमा जिप पल्टिँदा एकजनाको मृत्यु, चारजना घाइते

भद्रपुर । प्राप्त समाचार अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाखण्डको लखनपुरको ग्योरिया चोकमा गएराति ९.३० बजे जिप पल्टिँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।


अन टेस्ट लेखिएको गाडीमा सवार बैगुनधुरा-३ बस्ने ४१ वर्षीय विष्णुबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको छ भने बैगुनधुरा-६ बस्ने सुरेन्द्र पौडेल, सुरेन्द्र अधिकारी सोही गाविस-२ बस्ने नेत्र पोखरेल र मोरङको इन्द्रपुर-७ बस्ने यज्ञ निरौला घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । गाडी आफैं अनियन्त्रित भई सडकमा पल्टिएपछि उक्त घटना भएको हो । गाडी र गाडीचालक प्रहरीको नियन्त्रणमा छन् ।