कास्की – काठमाडौँबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकृयामा अराजक तत्वले अवरोध सृजना गरेको बताएका छन् । शान्ति प्रकृया निर्माणको क्रम नसकिएकोले त्यसलाई खलल पुर्याउन अराजक तत्व सक्रिय हुन सक्ने उनले बताए ।
सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लाम पाटनमा संचालित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै प्रधामन्त्रीले वर्तमान अवस्था सुरक्षा निकायले गहन भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
शान्ति र संविधान सिंगो राष्ट्रको संकल्प भएको बताउँदै उनले नयाँ नेपाल निर्माणका लागि थप चुनौति रहेकेा बताए । उनले वर्तमान संक्रमणकालिन अवस्थामा सरकार देश र जनताप्रति गंभीर रहेकेा प्रष्टाए । उनले शान्ति र संविधान निर्माणका लागी सरकारलाई सबैले सहयोग गर्नु पर्ने बताए । प्रहरीको काम र कर्तव्यले सरकारको सुरक्षा निर्धारण गर्छ, प्रधानमन्त्री खनालले भने ।कार्यक्रममा प्रधामन्त्रीले तालिममा उत्कृष्ठ हुने प्रहरी निरीक्षकलाई पुरस्कृत गरेका थिए ।



