मसालबाट माओवादीमा प्रवेश गरेका डिलाराम आचार्य र गिरीधारिलाल न्यौपानेलाई पोलिटब्यूरो सदस्यमा चयन

काठमाडौ – प्राप्त समाचार अनुसार  मसालबाट माओवादीमा प्रवेश गरेका डिलाराम आचार्य र गिरीधारिलाल न्यौपानेलाई पोलिटब्यूरो सदस्य बनाइएको छ ।

माओवादी प्रबक्ता दिननाथ शर्माले जारी गरेका बिज्ञप्तिमा इन्द्रमणि पौडेल, कमल खनाल, सिद्धराज भाट, राम आसीस महतो र निमानन्द गैरेलाई केन्द्रीइ सदस्य चयन गरिएको पनि उल्लेख छ ।

‘पार्टको राज्य समिति, जिल्ला समिति, क्षेत्रीय समिति, गाउँ समिति र सेलसम्म पनि सहमतिअनुसार संगठनात्मक एकीकरण साथै मोर्चा एवम् जनवर्गीय संगठनको एकता पनि छिट्टै सम्पन्न गर्ने सहमति भएको छ’ शर्माले भनेका छन् ।