– दीपक दाहाल
– बुधबार दिउँसोसम्म भट्टराईले केही बोल्न खोजेजस्तो गरे पनि पूरा गर्न सकेनन्। पछि कागज मागेर लेख्न खोजे पनि ‘म मेरो राष्ट्र …’ मात्रै लेख्नसके। भट्टराईले पूरा गर्न नसेकेको वाक्यांसले नेपालको अहिलेको राजनीतिलाई नै संकेत गरेको हो। केही दिन अघि भट्टराई अस्पतालमा भेट्न पुगेका प्रधानमन्त्री झलनाथ खनालले सोधेका थिए, ‘पहिले तपाँई प्रधानमन्त्री हुँदा म तपाँईको मन्त्रिमण्डलमा थिएँ। म अहिले प्रधानमन्त्री भएको छु। भन्नुस म के गरौं ?’
उपचार गराइरहेका भट्टराइले खनालतिर हेरे र भने, ‘मलाई केही गर्नुपर्दैन देशलाई गर्नुस्।’भट्टराईले नर्भिक अस्पतालका डा. भरत रावतलाई उनको ८६औं जन्मदिनको अवसरमा पुस १७ गते एउटा कप उपहार दिएका रहेछन्। भट्टराईको तस्बिर र हस्ताक्षर अंकित कपमा रहेको उनको आदर्श वाक्य उद्धृत गर्दै रावतले भने, ‘मेरो जीवनअवधि सम्पूर्ण रूपमा ईश्वरले नै निर्देशित गर्नेछन्। सबै खालका कमीकमजोरी मात्र मेरा हुन्।’
उनको उपचारमा संलग्न रावतले यसपटक घर फिर्ने सम्भावना कम रहेको त सात दिन अघि नै सुनाएका हुन्। तर सम्भावनाको १ प्रतिशत पनि चिकित्सकका लागि महत्वपूर्ण हुने गर्छ। र, त्यही झिनो आशामा उनीहरु भट्टराईमाथि केन्द्रित भइरहे।
अन्तत: भट्टराई भौतिकरुपमा हामीबाट अलगिएका छन्। राजनीतिक जीवनबाट अलग्गिएका उनी शरीरबाट पनि अलगिए। उनले लेखेका अन्तिम तर अपूरो वाक्य ‘म मेरो राष्ट्र…लाई कसैले पूरा गरोस्। यही कामना।