पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनमा मुलुक शोकमा रहेकाले महिला दिवसका अवसरमा आयोजना गर्ने भनिएका औपचारिक कार्यक्रमहरु स्थगन

काठमाडौ – प्राप्त समाचार  अनुसार पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनमा मुलुक शोकमा रहेकाले महिला दिवसका अवसरमा आयोजना गर्ने भनिएका औपचारिक कार्यक्रमहरु स्थगन गरिएको छ ।

 

सरकारले भट्टराईको निधनमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने घोषणा गरेको थियो । नागरिकतामा लैङ्गकि विभेदको अन्त्य,सामान सहभागिताको सुनिश्चितता भन्ने मुल नाराका साथ नेपालमा १०१ औं अन्तर्राष्ट्रि महिला दिवस मनाइदैंछ ।

 

सन् १९१० मार्च ८ मा संयुक्त राष्ट्र संघमा उल्लेख अधिकारको सम्झनामा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ । विश्वमा आफ्ना अधिकारका लागि महिलाहरु लडेको १०१ वर्ष पुगेको छ । 

प्रधानमन्त्री झलनाथ खनालले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको अधिकार सुनिश्चत गर्न सरकार गम्भीर रहेको उल्लेख गरेका छन् । यस्तै विभिन्न दलका नेता र संघसंस्थाले दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ ।