काठमाडौ । प्राप्त समाचार अनुसार प्रधानमन्त्री झलनाथ खनाललाई अमेरिकाका पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका अध्यक्ष जिमी कार्टरले आज बिहान ७.२४ बजे टेलिफोन सम्पर्क गरी बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ ।
त्यसक्रममा उहाँले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणको स्थिति सम्बन्धमा गंभीर चासोसमेत प्रकट गर्नुभएको छ ।
करिब १० मिनेट लामो कुराकानीका क्रममा उहाँले प्रधानमन्त्री खनाललाई नयाँ जिम्मेवारी बहन गरिरहँदाको अनुभूति पनि सोध्नुभएको थियो । साथै, उहाँले आफू र अमेरिकी सरकार नेपालको नवगठित सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै प्रधानमन्त्री खनालप्रति अन्तरहृदयको शुभेच्छाकासाथ भन्नुभयो