आफू भन्दा माथिल्लो तहका अधिकृतको पदावधी नथप्न राजनीतिक लविङ गरेको आरोपमा छानबिमा रहेका नेपाली सेनाका सहायक रथीको दुई वर्ष बढुवा रोक्का

काठमाडौं  – काठमाडौंबाट प्राप्त समाचार अनुसार  आफू भन्दा माथिल्लो तहका अधिकृतको दुई बर्षे पदावधी नथप्न राजनीतिक लविङ गरेको आरोपमा छानबिमा रहेका नेपाली सेनाका प्राविधिक सहायक रथी किरण बज्राचार्यको दुई वर्ष बढुवा रोक्का भएको छ ।

समाचार अनुसार उपरथी अनिल जंग थापाको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले सैनिक ऐन २०६३ को दफा १०९ बमोजिम दुई वर्ष बढुवा रोक्का गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।