काठमाडौँ। काठमाडौंबाट प्राप्त समाचार अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घले न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा उत्रेका श्रमिकहरूलाई उद्योगधन्दामा लगाइएको ताला अविलम्ब खोलेर वार्तामा आउन आहृवान गरेको छ ।
श्रमिकहरूको हड्ताल जारी रहेसम्म उनीहरूसँग संवाद गर्न नसकिने भन्दै महासङ्घ अध्यक्ष कुशकुमार जोशीले कलकारखाना खोलेर वार्तामा आएको २४ घन्टाभित्र मजदुरका माग सम्बोधन गरिने दृढता व्यक्त गर्नुभयो ।