
काठमाडौं – प्राप्त समाचार अनुसार सरकारले उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत कक्षा ११ र १२ को प्रश्न पत्र नेपालमै छाप्ने भएको छ ।
शिक्षामन्त्री गंगालाल तुलाधरसहित परिषदका पदाधिकारी, गृह, रक्षा र शिक्षा सचिव लगायतबीच शनिबार भएको छलफलमा प्रश्नपत्र नेपालमै छाप्ने निर्णय भएको हो । परिषद्ले यस अघिनै प्रश्नपत्र नेपालमा छाप्ने गरेको निर्णय मन्त्रिस्तरिय बैठकले अनुमोदन गरेको हो ।

भारतमा प्रश्नपत्र छाप्ने परम्परा तोड्दै परिषद्ले यस पटक नेपालमा प्रश्नपत्र छाप्ने निर्णयलाइ शिक्षाविद्हरुले महत्वपुर्ण कदम भनी टिप्पणी गरेका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाले यस्तो निर्णयले परिषद्का कर्मचारीलाई थप नैतिक दवाव परेको वताए । उनले प्रश्नपत्र छपाई कार्यमा संयमित्ता अपनाउनु पर्ने उल्लेख्य गरे । यो निर्णयसँगै परिषद्लाई झण्डै ८० लाख रुपयाँ फाईदा हुने एक कर्मचारीले वताए ।
सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई प्रश्नपत्र छपाई गर्न दिने निर्णय समेत भएको शिक्षा सचिव शंकर पाण्डेले जानकारी दिए । जनक शिक्षाले यस बर्षदेखि एसएलसीको प्रश्न पत्र समेत छाप्न सुरु गरेको छ ।

‘छात्राका लागि १२ कक्षासम्म निःशुल्क शिक्षा’
उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीले अब आउने नयाँ बजेटमा छात्राका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने जानकारी गराएका छन्। उनले नेपाली महिला शिक्षाबाट वञ्चित रहँदै आएकाले उनीहरुलाई सशक्त बनाउन यस्तो व्यवस्था गरिने बताए।

जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले १०१ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको महिला सम्मेलन तथा सम्मान कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन। सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका महिलामा आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका धेरै समस्या देखिएकाले आयोजक संस्थालाई तल्लोस्तरका महिलासामु काम गर्नसमेत उपप्रधान मन्त्री अधिकारीले आग्रह गरे।
सोही अवसरमा उपप्रधान मन्त्री अधिकारीले धार्मिक क्षेत्रमा योगदान दिएबापत समाजसेवी पुखराजदेवी सेठियालाई नारी सम्मान





