१२ घन्टाको अवधिमा पोखरा र आसपासका स्थानमा तीनपटक भूकम्पको धक्का

स्थानिय संचारमाध्यमहरुले उल्लेख गरे अनुसार १२ घन्टाको अवधिमा पोखरा र आसपासका स्थानमा तीनपटक भूकम्पको धक्का महशसा गरिएको छ ।  भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति १० बजेर ४३ मिनेटमा ४ दशमलव ३ रेक्टर, शनिबार बिहान ५ बजेर ५१ मिनेटमा ४ दशमलब ४ रेक्टर र आजै बिहानै पौने ११ बजे ३ दशमलव ९ रेक्टर भूकम्प मापन गरिएको छ ।

केन्द्रका सर्वे अफिसर डिल्लीराम तिवारीका अनुसार तिनवटै भूकम्पको केन्द्रबिन्दु कास्कीको उपल्लो हेम्जा रहेको छ ।  भूकम्पको महशुस पोखरा तथा बागलुङबासीले समेत गरेका थिए ।