काभ्रे – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार शान्ति क्षेत्र घोषणा भएको नेपालमा सन् २०१२ मा अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न दक्षिण एसियाली शान्ति सम्मेलनमा नेपालको तर्फबाट प्रस्ताव गरिएको छ ।
शान्ति र मित्रता उद्देश्य लिएर नेपाल पिस एण्ड सोरिडालिटी काउन्सिलको आयोजनामा शनिवारदेखि सुरु भएको दुई दिने उत्त सम्मेलन आइतवार सकिएको छ । सम्मेलनमा नेपाल, भारत, बंगालादेश, चीन, श्रीलंका, भुटान र गि्रसका ५५ जना सहभागीत रहेको थियो ।
‘सम्मेलनमा नेपालको तर्फबाट हामीले सन् २०१२ मा नेपालमा अन्तराष्ट्रिय शान्ति महोत्सव गर्ने प्रस्ताव राखेका छौ’ नेपालको तर्फबाट सहभागी रविन्द्र अधिकारीले भने ‘प्रस्तावसँगै दक्षिया एसियाली शान्ति र ऐकेवद्धताको लागि सञ्जाल निर्माण गर्ने निर्णय गरेका छौ ।’
सम्मेलनमा नेपालको शान्ति प्रक्रिया सविधान निर्माण र चुनौतीका बारेमा पूर्व गृहमन्त्री भीम रावल, लोकतान्त्रिक आन्दोलन शान्ति र सामाजिक रुपानान्तरणका बारेमा भारतका प्रतिनिधि, साम्राज्यवाद र दक्षिण एसियाका बारेमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका विदेश सल्लाहकार राजन भट्टराई, विश्व शान्ति परिषदको तर्फबाट इसाकलिष्ट सावासाकीले हालको अरब देशको ताजा राजनैतिक अवस्था, सांप्रदायिकता, धार्मिककट्टरता र आंतकवाद बारेमा बंगलादेशका एम ए कसिसले कार्यपत्र प्रस्तुत गरेका थिए ।
अधिकारीका अनुसार सम्मेलनले नेपालको संविधान प्रक्रिया राजनैतिक दलहरु बिचको सहमतिमा सम्पन्न गर्नुपर्ने, नयाँ सविधान निर्माण गर्ने नेपाली जनताको आंकाक्षा प्रति ऐकेवद्धता जाहेर, सबै खालका धार्मिककट्ट्ता सांम्प्रदायिकता र आंतकवाद विरुद्ध उत्रिन आवाज उठाउने, दक्षिण एसियाका देशहरुका सरकार सरकार र जनता जनता बिच सम्बन्ध विस्तार गर्न घोषणा पत्र जारी गरेको छ ।



