थाहा भए अनुसार नेपालको संविधानको नाम के राख्ने भन्ने विषयमा दलहरुबीच लगभग सहमति भएको छ । सिहदरबारमा बसेको संवैधानिक उपसमितिको बैठकमा दलहरुबीच संविधानको नाम ‘नेपालको संविधान’ राख्ने लगभग सहमति भएको हो । उपसमितिको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित नभएकाले अन्तिम निर्णय भने आज सोमबार हुनेछ ।
बैठकपछि उपसमिति सदस्य एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले नयाँ संविधानको नाम के राख्ने भन्नेबारे छलफल भएको बताए । उबैठकमा दलहरुबीच ‘नेपालको संविधान’ मात्रै राख्नेमा मोटामोटी सहमति भएको जानकारी दिए ।
। नेता पौडेलले बैठकमा न्यायप्रणाली र मौलिक हकका विषयमा पनि सामान्य छलफल भएको बताए । उपसमितिले नयाँ संविधान लेखनका ७५ बुँदामध्ये ४३ विवाद समाधान गरिसकेको छ ।
नयाँ संविधान लेखनका विवाद समाधान गर्न जिम्मेवारी पाएको शीर्ष नेता सम्मिलित उपसमितिको म्याद आज सोमबार देखि सकिँदै छ ।