विदेशी पदाधिकारीले प्रधानमन्त्रीसँग भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयलाई अनिवार्य जानकारी गराउनुपर्ने नियम

काठमाडौ  – काठमाडौबाट प्राप्त समाचार अनुसार विदेशी पदाधिकारीले प्रधानमन्त्रीसँग भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयलाई अनिवार्य जानकारी गराएर प्रोटोकल र समय मिलाउनुपर्ने नियमलाई कडाइका साथ लागु गरिने भएको छ ।

‘आफूखुसी प्रधानमन्त्रीलाई भेट गर्न नपाइने नियमलाई प्रभावकारी रूपमा लागू गरिनेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, ‘परराष्ट्रको प्रोटोकलमार्फत भेटघाटको स्वीकृति लिनु जरुरी छ ।’ विगतमा पनि प्रोटोकल नियमलाई लागु गर्ने भनिए पनि विदेशी पाहुनाहरू सीधै प्रधानमन्त्री कार्यालय वा निवास पुग्ने गरेका थिए ।