चितवन प्रशासन कार्यालयद्बारा पूर्वयुवराज पारसका झगडिया रुवेल चौधरीलाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन आदेश

चितवन, चैत्र २ – चितवनबाट प्राप्त समाचार अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वयुवराज पारस शाहका झगडिया रुवेल चौधरीलाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

समाचार अनुसार बुधबार पूर्वयुवराज पारसका सहयोगी गणेश केसी र शिवबहादुर पाण्डेसँगको बयानपछि प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले चौधरीलाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन आदेश दिएका छन् ।

पेसी तोकिएका पारस विरामी भएको भन्दै वकिललाई जिम्मा लगाएका थिए । तर उनी श्रीमती हिमानीसहित दोलखा पुगेका छन् ।